सीमा सुरक्षा बैठकमा, उठेन कालापानीको विषय
काठमाडौं,बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।
बैठकमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा छलफल भएको छ । दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति समेत भएको छ ।
नेपाल र भारतबीच सीमा विवादको विषय उठिरहेका बेला कालापानीको विषयमा समेत छलफल हुने अपेक्षा गरिए पनि त्यस विषयले छलफलमा प्रवेश नपाएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार बैठकका एजेण्डा पूर्व निर्धारित भएको हुदाँ कालापानीको विषयले प्रवेश नपाएको हो ।
पोखरबाट टोली बिहीबारै काठमाडौं फर्किएको भए पनि शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको हो । टोली शनिबार भारत फर्किनेछ ।