धादिङको सडकपेटीमा बस्ने मानसिक रोगी जनकको उद्धार

धादिङ, धादिङको थाक्रे गाउँपालिकामा सडकमै रहेका एक मानसिक रोगका बिरामीको उद्धार भएको छ । थाक्रे गाउँ पालिकाको सहयोगमा एक संस्थाले मानसिक रोग लागेका एक पुरुषको उद्धार गरेको हो ।

उद्धार गरिएका ती पुरुषलाई काठमाडौंको मनोरोग उपचार तथा पुनस्थानपना केन्द्रमा राखिएको मनोबिद गोपाल ढकालले जानकारी दिए । जनक नाम बताउने ती पुरुष लामो समयदेखि धादिङको राजमार्ग क्षेत्रमा सडकमै बस्दै आएका थिए ।

सडकमा रहेको पुरुषलाई पुनस्थानपना केन्द्रमा पठाउँदै थाक्रे गाउँ पालिकाका अध्यक्ष राम कुमार आचार्यले आफ्नो गाउँपालिकालाई सडक मानव मुक्त बनाउने घोषणा समेत गरेका छन् ।