लागुऔषधसहित बाफलबाट एक पक्राउ
प्रकासित मिति : २०७६ मंसिर ५, बिहीबार ०८:१५
प्रकासित समय : ०८:१५
काठमाडौं, काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बुधबार राति मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो ।
उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र रु १० हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।