नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए। नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, भुसाललाई कृषि मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्राय, रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ।