चर्चामा नयाँ मन्त्री ज्यु ! चप्पलमै सपथ ?

काठमाडौं, सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दा चप्पल लगाएरै सपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।

सामान्यतया यस्तो अवस्थामा राष्ट्रिय पोशाक (दौरा सुरुवाल र कोट) लगाइने गरिए पनि तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुमध्ये अधिकांशले पछिल्लो समयमा तराईमा प्रचलित पोशाक लगाउँदै आएका छन् । अरु बेला भिन्न पोशाक लगाए पनि सार्वजनिक कार्यक्रममा उनीहरु धोती कुर्ता नै लगाउने गरेका छन् ।

मन्त्री त्रिपाठीले पनि कुर्ता पाइजमासँगै चप्पल लगाएका देखिन्छन् । राष्ट्रपति कार्यालयले समेत ड्रेस कोडलाई कडाइ गर्दै आएको भए पनि मन्त्रीहरुका हकमा भने सधैं मौन रहने गरेको छ । यसअघि कांग्रेस–माओवादी गठबन्धको सरकारमा पनि महेन्द्र यादवले चप्पलमा सपथ ग्रहण गरेपछि विवादमा आएका थिए ।