भत्काउन थालियो प्रधानमन्त्री निवास

काठमाडौं, प्रधानमन्त्री बस्दै आएको बालुवाटारकाे भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो ।

नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उक्त भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।