पैसा जम्मा गर्न बैंक आएका ग्राहकले हजारका नक्कली नोट ल्याएपछि…
प्रकासित मिति : २०७६ मंसिर ४, बुधबार १९:४६
प्रकासित समय : १९:४६
डोटी,डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो ।
बैंकले फेला पारेको दुवै नोटमा एउटै नम्बर रहेको छ । केही समय यता राजधानीमा पनि हजार दरका नक्कली नोट भेटिने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् ।
गत कार्तिकमा प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना नै खोलेका थिए ।