को बन्दै छन नयाँ मन्त्री, को को भए आउट ? (सुचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका छन् । मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका हुन् ।

नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले विदा हुने मन्त्रीहरुमा उद्योग मन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपानी खनाल, समान्य प्रशासनमन्त्री लालबबु पण्डित, भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थपमाया थापा रहेका छन् भने नयाँ थपिनेमा घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराराज भट्ट, रामेश्वर राय यादव रहेका छन् ।

यद्यपि भुसाललाई कृषिमन्त्री बनाउने पक्का भएको छ भने अन्यको जिम्मेवारी भने खुल्न सकेको छैन । यस्तै, केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको जनाइएको छ । उपप्रधान एवं स्वास्थ्यन्त्री उपेन्द्र यादवको जिम्मेवारी खोसिएको छ भने उनी कानुन्मन्त्री भानुभक्त ढकालको मन्त्रालयमा पुगेका छन भने ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।

नयाँ मन्त्रीहरुको सपथ भोलि ११ बजे हुने जनाइएको छ ।