कांग्रेस प्रदेशसभा सदस्य र नगरसभापतिबीच कुटाकुट
बीरगंञ्ज । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका जनप्रतिनिधिबीच कुटाकुट भएको छ । बुधबार कांग्रेस प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच कुटाकुट भएको हो ।
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा गृहको विषयलाई लिएर प्रदेश सभा सदस्य र नगरसभापतिबीच कुटाकुट भएको प्रतक्षदर्शीले जनाएका छन । आज विहान मर्निङवाकपछि चिया खान पुगेका बेला नगरसभा गृहको विषयलाई लिएर भनाभन् भइ दुबै जनाले एक अर्कालाई हातपात उत्रेका थिए ।
कुटाकुटमा दुबै जना घाइते भएका छन । देशसभा सदस्य शर्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते कांग्रेस नगरसभापति कलवारलाई पनि नारायणी अस्पतालमै भर्ना गरिएको भएपनि थप उपचारका लागि उनी काठमाडौं गएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा गृह कांग्रेस नगरसभापति कलवारले २२ वर्षका लागि लिजमा लिएर सन्चालन गर्दै आएका छन्। सोही विषयलाई लिएर विवाद हुँदै आइरहेको छ ।

