नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध सहित ३ जना पक्राउ

नेपालगन्ज,बाँके नेपालगन्जको त्रिभुवन चोकबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । । मंगलबार साँझ ७ बजे त्रिभुवन चोकबाट ३ जनालाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

२ ग्राम लागु औषधसहित सुर्खेतका चेतन घर्ती,जिवन बिक र नेपालगन्ज वाड नं ११ बस्ने बर्ष १९ क सेराज राईलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गरी तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएकोे राखिएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने समेत बताइएको छ ।