मृगौला पिडित डोल्पाका देबलाल बुढाथोकीले गरे सहयोगको याचाना

काठमाडौँ, डोल्पाका देबलाल बुढाथोकीले सहयोगको याचना गरेका छन । दुबै मृगौलाले काम गर्न छाडेपछि बुढाथोकीले सहयोगको याचान गरेका हुन् । डोल्पा  ठुली भेरी नगरपालिका वडा नं ४ का ५४ बर्षिय देबलाल बुढाथोकीको दुबै मृगौलाले काम गर्न छाडेको हो । आर्थिक अबस्था कम भएका बुढाथोकीको दुबै मृगौलाले काम गर्न छाडेको र सबै पैसा सकिएपछि उपचारमा समस्या भएको देबलालका छोरा सागर बुढाथोकीले बताए । ‘केही महिनादेखि डायलशिस गर्दै आएको छु’ उनले भने,‘आर्थिक अभाबका कारण उपचारमा समस्या भएको छ ।

भक्तपुर मानब अंग प्रत्यारोपन केन्द्रमा नियमित डायलोसीस गर्दै आएका बुढाथोकीले आर्थीक अभावले समास्यामा परेको बताएका छन । डेढ बर्षदेखि २४ लाख खर्च भएपनि उपचार हुन नसकेको उनको गुनाशो छ ।  उनले भने,प्रक्रिया थाह नपाएर ‘उपचारका क्रममा हालसम्म २४ लाख रुपैया सकियो तर मृगौला प्रत्यारोपण गर्न सकिएको छैन् । सरकारले मृगौलाको डाइलोसिस निशुल्क गर्ने व्यवस्था मिलाए पनि एक पटक डाइलोसिस गर्नको लागि ४ देखि ५ हजार रुपैया औषधीको लागि खर्च हुने गरेको उनले बताए । मासिक उपचारमा ३५ देखि ४० हजारसम्म खर्च हुने गरेको छ । हप्तामा २ पटक डाइलसिस गर्नुपर्ने पिडित बुढाथोकीले बताए ।

परिवारमा आम्दानीको स्रोत केही छैन् । परिवारको मुली नै बिरामी परेपछि दैनिक गुजरामा समेत असरको छ । मृगौला प्रत्यारोपणका लागी १६ लाख रुपैया लाग्ने डाक्टरले बताएका छन तर आर्थिक अबस्था कमजोर छ उपचार कसरी गर्ने बुढाथोकीले भने । उनको उपचारको लागि सहयोग गर्न चाहनुहुनेले सिटिजन बैंक काठमाडौँको खाता नं ०५२०१०००००२८२०४१ मा रकम सहयोग गर्न बुढाथोकीले आग्रह गरेका छन् । साथै ९८६९८७५१३१ मा फोन गरी सहयोग गरी बुवाको जिबन बचाइदिन देबलालका छोरा सागर बुढाथोकीले अनुृरोध गरे ।

उनको उपचारलाई नजिकबाट नियालीरहेका मोहम्मद असरफ फरुकीले बुढाथोकीको सहयोग लागि सबैमा आग्रह गरे । फरुकीले भने यो बुढाथोकीको जिवन रक्षाका लागि थोरै भएपनि सहयोग गरौँ यो भन्दा ठुलो मानबिय धर्म अरु केहि हुन सक्दैन । फारुकी नेपालगन्जका स्थानीय बासीन्दा तथा छोरा सागर बुढाथोकीका साथी हुन ।