पश्चिम नेपालमा भुकुम्पको धक्का

नेपालगन्ज,बाँके पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको धक्का महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्पको धक्का महशुस गरिएकाे हो । 

करीब २० सेकेण्डसम्म पश्चिम क्षेत्रमा भुकम्पको कम्पन महशुस गरीएको हो । बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

त्यसैगरी, भारतीय सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको भारतीय संचार माध्यमले जनाएका छन्। भारतीय संचार माध्यम आजतकले उत्तराखण्ड र भारतको राजधानी दिल्लीसम्म पुगेको थियो।

अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार भूकम्पको गहिराइ १।५ किलोमिटर भित्र मापन गरिएको छ। भूकम्पबाट भएका क्षतिबारे कुनै विवरण आएका छैनन्। यद्यपि भूकम्पका कारण यस क्षेत्रका स्थानीयमा त्रास छाएको छ। मानिसहरू घरबाहिर निस्किएर भागभाग गरेका थिए।