‘तुच्छ सजाय’तोकेका पत्रकार खेम भण्डारी जेल चलान
प्रकासित मिति : २०७६ मंसिर ३, मंगलवार १७:२१
प्रकासित समय : १७:२१
महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ। मंगलबार आफैँ अदालत हाजिर भएका पत्रकार भण्डारीलाई प्रहरीले सजाय कार्यान्वयन गर्न कारागार लगेको छ।
उनलाई अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको ‘तुच्छ सजाय’ तोकेको थियो। भण्डारीले अदालतले तोकेको एक रुपैयाँ बुझाएका छन्।
कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी किशाेरी निर्मला पन्त प्रकरणमा अदालतको अवहेलना गरेको ठहर गर्दै उनलाई ‘तुच्छ सजाय’का रुपमा एक रुपैयाँ जरिवाना र एक घण्टा जेलको सजाय ताेकिएकाे थियाे। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले गत असार ३० गते साे सजाय सुनाएको हो।