कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

काठमाडाैँ, फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा भर्खरै सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक गोल ब्यहोरेको थियो। खेलको २८ औं मिनेटमा कुवेतका बदर अल अलमोतवाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुुन्।

काठमाडौको दशरथ रगंशालाका लागि तोकिएको खेल रंगशालाको पुर्ननिर्माण नसकिएपछि नेपालले तटस्थ भूमिका रुपमा भुटानलाई रोजिएको हो।

यसअघि कुवेतविरुद्ध भएको अवे खेलमा नेपाल ७–० ले पराजित भएको थियो। तर, यस खेलमा भने नेपालले निकै सुधारिएको प्रदर्शन गर्यो। छनोट चरणको अवे खेलमा नेपालले चाईनिज ताईपेईलाई २–० ले पराजित गरेको थियो भने अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो। समूह चरणका ४ अवे खेल खेलेको नेपालको ३ अंक छ।