काँग्रेसले गर्‍यो कम्युनिष्ट सरकारमाथि २१ बुँदे आक्रमण

ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए । यस्तै संविधान प्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमै असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ ।

पुस्तिकामा सार्वजनिक पछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा ५० बढी युवामार्फत उपनिर्वाचनको घोषणा पत्रका रुपमा ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिका सार्वजनिक गरेका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पाँच वर्षका लागि गठन भएको सरकारको सफलता र असफलताको समग्र मूल्यांकन अवधि पुग्दै गर्दा हुने भए पनि २१ महिनाको अवधिमा देखिएका परिणामहरुले नेपाली जनताका लागि सुखद संकेत नदेखाएको दाबी गरे ।

यी हुन् कांग्रेसले औंल्याएका सरकारका असफलताहरु

१) राष्ट्रियताको प्रश्नमा असफलता
२) संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३) सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता
४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफलता
५) कूटनीतिक मामिलामा अपरिपक्वता
६) विप्लव प्रकरण : असफलताको फरक पाठ
७) शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार
८) मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९) वाइडबडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०) बूढीगण्डकी : कम्यनिस्ट सरकारको राष्ट्रघात
११) मेलम्ची परियोजनामाथि खेलवाड
१२) निजगढ एयरपोर्टको भविष्य अन्योल
१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४) सरकारको नियतले असफल संवैधानिक परिषद्
१५) शब्दमा प्रेस स्वतन्त्रता व्ष्वहारमा नियन्त्रण
१६) धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७) गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता
१८) सामाजिक सुरक्षा कोष : कर्म कसैको प्रचार कसैको
१९) बालुवाटार जग्गा काण्डमा लिलाम नैतिकता
२०) कम्यनिस्ट सरकार उकालो लाग्दा सेयर बजार ओरालो
२१) असहिष्णु अभिव्यक्ति : अराजनीतिक चरित्र