अब जानकी गाउँपालिकाको केन्द्र मानपुर
प्रकासित मिति : २०७६ मंसिर २, सोमबार २१:२२
प्रकासित समय : २१:२२
नेपालगन्ज,बाँकेको जानकी गाँउपालिकाको केन्द्र परिर्वतनका लागि सिफारिस गरिएको छ । प्रदेश नम्बर पाँचको मन्त्रिपरिषद बैठकले बाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–४, खजुराबाट वडा नम्बर–३, मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।