पेस्तोलसहित पक्राउ परेका तरुण दलका नेता शाह कारागार चलान

नेपालगन्ज,बाँके पेस्तोलसहित बाँकेको नेपालगन्जबाट पक्राउ परेका तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाह पुर्पक्षकालागि कारागार चलान भएका छन । जिल्ला अदालय बाँकले सोमबार शाहलाई पुर्पक्षकालागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहसँगै पक्राउ परेका अन्य तिन जनालाई भने जनही १ लाख ५० हजार धरौटी माग गरीएको छ ।

सरकारी वकिल कार्यालय बाँकेले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालत बाँकेका मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत कार्तिक १४ गते राती साढे ८ बजेको समयमा बाँकेको जानकी गाउँपालिका ६ मा रहेको नमस्ते भिलेज रिसोर्टबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोलीसहित शाह पक्राउ परेका थिए ।