नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा,२१ करोड ९१ लाख झ्वाम्मै
प्रकासित मिति : २०७६ मंसिर २, सोमबार ११:१७
प्रकासित समय : ११:१७
नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेजको ठगि धन्दा बाहिरीएको छ । सतर्कता केन्द्रको प्रतिवेदनअनुसार कलेजले २१ करोड ९१ लाख ठगी गरेको बाहिरीएको हो ।
प्रतिबेदनका अनुसार २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली । एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली । छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले ठगी गरेको कुरा बाहिरीएको छ ।
स्रोतका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको छानबिन रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयले विभागमा पठाइसकेको छ । मेडिकल कलेजहरूले पछिल्लो तीन वर्षमा विद्यार्थीहरूबाट करिब तीन अर्ब रुपैयाँ ठगी गरेको रिपोर्ट केन्द्रले तयार पारेको थियो । त्यही रिपोर्टलाई आधार बनाएर विभागले छानबिनमा तीव्रता दिएको हो । नयाँपत्रिकाबाट