‘गो ब्याक इण्डिया’को नारा लगाउँदै स्कुले विद्यार्थीले गरे प्रदर्शन

काठमाडाैँ, नेपाली भूमिलाइ समेटेर भारतले जारी गरेको नक्साको विरोधमा विद्यार्थीहरुले आइतवार विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । नेविसंघले काठमाडौंको माइतीघर मण्डला तथा अमृत साइन्स क्याम्पसअगाडि प्रदर्शन गर्दा विभिन्न स्कुलका विद्यार्थीले पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

नेपाली राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले गो ब्याक इण्डियाको नारा लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र नेपाली भूमि भएको भन्दै उनीहरुले प्लेकार्ड बोकेका थिए । आइतवार नै एक कार्यक्रममा प्रधामनन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट सेना फिर्ता लैजान छिमेकी देशलाई आग्रह गरेका थिए ।