मनकारी लोकेश यसरी मनाए निलसागर बृद्धाआश्रममा आफ्नो जन्मदिन

नेपालगन्ज,बाँके जाजरकोटका भेरी नगरपालिका जक्तिपुरका युवा लोकश आचार्यले आफनो जन्मदिन बिशेष ढंगले मनाएका छन । लोकेशले निल सागर बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुलाई ६ हजार ५ सय रुपैँया आर्थीक सहयोग गरेर आफनो जन्मदिन मनाएका हुन ।

नेपालगन्ज १० मा बस्ने जारकोटका २५ बर्षिय लोकेश आचार्यले आफ्नो जन्मदिनमा आज बिहान निल सागर वृद्धाश्रमलाई साढे छ हजार रुपैयाँ सहयोग गरेका छन् । जन्मदिनमा तडबभडक गरेर ठुला र महंगा रेष्टुराहरुमा पैसा खर्च गरेर पार्टी मनाउनु भन्दासामाजीक रुपमा सहयोग गरेर मनाउनु महत्वपुर्ण कुरा रहेको अर्चायको भनाई छ ।

आचार्य पछिल्लो समयमा युवापिढीमाझ समाजसेवा तल्लिन छन् । पहिला देखि नै उनले आफ्नो जन्मदिन यसरी अनाथ आश्रममा मनाउदै आएको बताएका छन् । परिवारबाट जन्मदिन मनाउन पाएको पैसा सहयोग गरेर एउटा उत्कृष्ट मानबको परिचय दिएका छन्।