स्थानीय सरकारको काम भएन प्रभावकारी

जाजरकोट, सिहंदरबारको अधिकार प्राप्त गाउँसरकारले जनताको अबस्थालाई परिवर्तन गर्न नसकेपछि बारेकोटबासीमा निरासा छाएको छ । पछिल्लो समय सोचअनुसार स्थानीय सरकारको काम प्रभावकारी नहुदा यहाँका बासीन्दामा निरासा छाएको हो ।

सरकार संचालनको जिम्मेवारी लिन जनताबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनीधिले जनताले राखेका अपेक्षा पुरा गर्न सकिरहेका छैनन् । दुई दशकसम्म कर्मचारीहरुको एकछत्र राजबाट आर्जित भएका जनताले जनप्रतिनिधीबाट संचालिन सरकारबाट परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । 

गरिबी र बेरोजगारी हटाउन, अशिक्षा र सामाजिक विभेदहरुको अन्तय गर्न, पालिकाको बिकास र समृद्धीको लागि गाउँ सरकारको नारा दिएर चुनाव लडेका जनप्रतिनीधिहहरुले पालिकाको चुनाव त जित्न सफल भए तर, जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसकेको गुनासाहरु आउन थालेका छन् ।
बारेकोटी जनताले राखेको अपेक्षा अनुसार पालिकाले कामको गति दिन नसकेको बारेकोटबासीले बताउन थालेका छन् ।

पालिकाले गर्नुपर्ने कामको ढिला ढालापनले आर्जित भएका बारेकोटबासीले जनप्रतिनिधिबाट गरेको अपेक्षा अनुरुप कार्य हुन नसकेको भन्दै आक्रोस व्यक्त गर्न थालेका छन् ।  निर्वाचित भएको साढे दुई बर्षको समयमा जनप्रतिनिधिहरुले बिभिन्न कार्यक्रमको उद्धटन गर्ने, रिवन काट्ने र बिभिन्न संघसंस्थाले आयोजना गरेका कार्यक्रमबाट सम्मानित हुने, अबिर, माला, व्याज लगाएर अतिथि बन्ने, भाषण गर्नमै समय खर्चिने गरेको जनताले गुनासो गर्न थालेका छन् ।

साना, टुक्रे तथा बितरणमुखी योजना छनौट गर्नुको साथै उक्त योजनाहरुमै जनप्रतिनीधिहरु रुमलिएको बारेकोटी जनताको आरोप छ । जनप्रतिनीधि र कर्मचारीहरुले सुबिधा सम्पन्न ठाउँ छोड्न नचाहएको बारेकोटीबासीले आरोप लगाएका छन् ।

बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रमा बैंक नभएको कारण देखाएर सदरमुकाम छोड्न नचाहेएका जनप्रतिनीधि र कर्मचारीहरु हाल बारेकोटको लिम्सामा कृषि विकाश बैंकले आर्थिक कारोबार संचालन गरिसकेको भएतापनि सदरमुकाम छोड्न सकिरहेका छैनन् । लिम्सामा रहेको गाउँकार्यपालिकाको कार्यालय कार्यलय सहयोगीको भरमा संचालनमा ल्याएको छ ।

जनप्रतिनिधिहरु सेवाग्राही तथा जनतामैत्री हुन नसकेको बारेकोट गाउँपालिका, ४ का लोकेन्द्र सिंहले बताए । जनप्रतिनिधिहरुनै जनतामैत्री हुन सक्देनन् भने, कर्मचारीहरुको एकछत्र राज काल भन्दा फरक जनताले महसुस गर्न नसकेको सिंहको भनाई रहेको छ । वडा कार्यालयबाट सेवा प्रवाह गरिरहेका वडा अध्यक्षलाई कार्यालयमा भेट्न नसकिने बताउदै सिंहले वडा अध्यक्षलाई भेट्छु भनेर कार्यालयमा कुर्न लागेको ४ दिन भयो, फोन गर्छु, आउछु आउछु भन्नु हुन्छ तर, आउनु हुन्न भने ।

बारेकोटी सेवाग्राहीहरुले जनप्रतिनिधिहरुलाई मात्र हैन कार्यालय सहयोगीलाई पनि खोज्दै घर घरको ढोकासम्म पुग्नु पर्ने अवस्था रहेको छ । आफुले मतदान गरेर चुनाव जिताएरका जनप्रनिधिहरुबाट सजिलै सेवा प्रवाहको आशा गरेका जनताहरुले कर्मचारि तन्त्रको पालामा जस्तो हुन्थ्यो अहिले पनि उस्तै भएको बताउन थालेका छन् । गाउँपालिकाले जनतालाई सेवा दिन दरबन्दी अनुसार कर्मचारी अभाव भएको बताउदै गाउँसरकारको क्षमता भन्दा बढी जनअपेक्षा भएको जनप्रतिनीधिहरुको भनाई रहेको छ ।