श्रीलंकाको राष्ट्रपतिमा राजापाक्षे निर्वाचित

कोलोम्बो,श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा गोताबाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएका छन्। युद्धकालीन समयमा रक्षा प्रमुख रहेका गोताबायाले ५२ दशमलव २६ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। श्रीलंकको निर्वाचनमा राजापाक्षे उम्मेदवार बनेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रले समेत चासो दिँदै आएका छन्।

युद्ध अपराधको आरोप लागेका व्यक्ति देशको सर्वोच्च निकायमा पुग्न लागेकाले अन्तर्राष्ट्रिय समुदायले चासो दिएका हुन्। यो निर्वाचनमा हालका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले भाग लिएका छैनन्। मैत्रीपालको श्रीलंका फ्रिडमले यो चुनावमा राजापाक्षेलाई सर्मथन गरेको थियो।

गोताबाया राजापक्षे श्रीलंकाका पूर्वराष्ट्रपति तथा विपक्षी नेता महिन्द्रा राजापाक्षेका कान्छा भाइ हुन्। श्रीलंकाली सेनाका पूर्वप्रमुख सेनानी समेत रहेका राजापाक्षेले आफूले निर्वाचन जितेको भनेर उद्घोष गरिसकेका छन्। उनका मुख्य प्रतिस्पर्धी सजित प्रेमदसाले मत परिणाम सार्वजनिक हुनु अघि नै हार स्वीकार गरिसकेका थिए।