‘वाक फर नेपाल’मा यसरी झुमे नेपाली,अनि झल्कियो नेपालीपन

काठमाडौं, हालै अमेरिकामा भएको ‘वाक फर नेपाल’ कार्यक्रममा सहभागीहरुले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियता झल्काए । विदेशी भूमिमा हात–हातमा नेपाली झण्डा र विभिन्न जातजातिको पहिचान झल्कने पहिरनसहित उनीहरु र्‍यालीमा उत्रिएका थिए ।

गत आइतबार ड्यालसको बेकमेन लेक पार्कको दृश्यले धेरैलाई नेपालीपनको आभाष दिलाएको थियो । विदेशीहरु समेत नेपाली संस्कृति र रमाइलोमा रमाएका थिए ।

नेपाली झण्डा र नेपालको चिनारी दिने पहिरन लगाएर टेक्सस वरपर बस्ने नेपालीहरुले बाजगाजा सहित त्यहाँ पुगेका थिए । सहभागीहरुले वाक फर नेपाल भन्दै नारा लगाएका थिए । कार्यक्रममा सहभागीहरुले नेपाली लोक आधुनिकदेखि अन्य विविध सांस्कृतिक प्रस्तुतीको मज्जा लिएका थिए ।