नेसनल, नोबल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ। तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलित भइरहेका बेला विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगन्जस्थित नेशलन मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा विभागले आइतवार छापा मारेको हो।

विभागले शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालिसकेको छ। सम्पत्ति छानविनका क्रममा मेडिकल कलेजहरुमा छापा मारिएको विभाग स्रोतले जनाएको छ।

सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिए पनि मेडिकल कलेजहरुले अटेर गरेपछि विद्यार्थीहरु निरन्तर आन्दोलित छन् । विभागको टोली आइतवार दिउँसो विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पनि पुगेको थियो। ुसम्पत्ति शुद्धीकरण विभागको टोली यहाँ पनि आएको थियोु, कलेज स्रोतले भन्यो, ुविभागका कर्मचारीहरु यहाँ आएर कलेज प्रशासनसँग छलफलपछि फर्किएका छन्।

यहाँबाट कुनै पनि कागजपत्र लगेका छैनन्। सरकारले दिएको निर्देशन नटेरेपछि विभाग सक्रिय भएको हो। आइतवारै राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कारवाही थाल्ने चेतावनी दिएका थिए।