दुई बाख्रा गिरफ्तार, किसानले जरिवान तिरेपछि हिरासत मुक्त !

एजेन्सी । भारतकाे तेलंगाना राज्यकाे करीमनगरस्थत हुजुराबादमा प्रहरीले दुर्इ बाख्रालार्इ गिरफ्तार गरेकाे छ । बाख्रा माथिकाे अभियाेग पनि अचम्मकै छ ।

अभियाेगमा बाख्राहरूलार्इ साे राज्यकाे हरित अभियान अन्तर्गत लगाइएकाे बदामका २ सय ५० बिरूवा खाएकाे अाराेप लगाइएकाे छ । पुलिसले बतायाे कि ‘सेभ द ट्रीज’ नामकाे एक एनजीअाेले जंगली बदामका ९ सय ८० बाेट लगाएकाे थियाे । तर, बाख्राले २ सय ५० बाेट खाइदिए ।

याे घटनालार्इ लिएर एनजिअाेका कार्यकर्ता बिक्रान्तकाे तर्फबाट पटक पटक उजुरी गरिएकाे थियाे । उनकाे उजुरी पछि यस्ताे कारबाहीकाे कदम चालिएकाे हाे । अहिले साे बाख्राका मालिकलार्इ एक हजार रूपैयाँ जरिवाना तिराएर छाेडिएकाे छ ।