चरेशसहित एकजना पक्राउ
प्रकासित मिति : २०७६ मंसिर १, आईतवार १९:२४
प्रकासित समय : १९:२४
बर्दिया,बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आज प्रहरी सहायक निरीक्षक सुनिल वश्याल सहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा झोला भित्र लुकाइछिपाइ राखेको ५८ किलो चरेश, नगद रु ३२ हजार ५ सय ९८ र ५ थान मोबाइल बरामद गरेको हो।
चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिए।