३ किलो पाँचऔँले जडिबुटी सहित ३ जना पक्राउ

कोहलपुर,इलका प्रहरी कार्यालय कोहलपुरले बहुमुल्य जडिबुटी सहित तिन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र ५ नं. प्रदेश प्रहरी ब्यूरो दांगको टोलिले कोहलपुर नगरपालिका वडा नं. ११ लोकनगरबाट ३ किलो ७ सय मिलिग्राम पाँच औले जडिबुटी बरामद गरेको हो ।

शनिबार दिउसो १ः३० बजेका समयमा बाटोमा हिडिरहेका ब्यक्तिहरुलाई खानतलासी गर्दा ठुलो परिणाममा जडिबुटी फेला पारकोे हो । पक्राउ पर्नेमा जिल्ला कालिकोट पचाल झरना गाँउपालिका वडा नं. ५ बस्ने अग्र बम, जुम्ला जिल्ला हिमा गाँउपालिका वडा नं. ६ बस्ने यमराज अधिकारी र बाँके कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने बिर बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुलाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा राखिएको छ । बरामद भएको पाँच औले जडिबुटी इलाका प्रहरी कार्यालयले जिल्ला बन कार्यालयमा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख हेम बहादुर शाहीले बताए ।