सडकबाट मोटरसाइकल उडेर घरको छानामा पुगेपछि…
प्रकासित मिति : २०७६ कार्तिक ३०, शनिबार १३:५६
प्रकासित समय : १३:५६
इलाम, इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् ।
इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्ग स्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल गोलाई काट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ ।