यसकारण पार्टीबाट निलम्बनमा परे पलाँता गाउँपालिका अध्यक्ष बम

काठमाडौं ।कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेकपाकाे जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ ।

बमलाई आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटका सचिव नगिन्द्र शाही (नेशनल)ले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका अध्यक्ष बमले गरेको आर्थिक अनियमितता र पार्टी अनुशासनहीन कार्यका बिषयमा छानवीन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ । समितिमा जिल्ला कमिटी सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा सदस्य रहेका छन् ।