समाजवादी पार्टीको बैठकमा पार्टी नियमावलीबारे छलफल सुरु

काठमाडौं, समाजवादी पार्टीको शुक्रबारदेखि जारी बैठकमा आजबाट पार्टी नियमावली बारे छलफल सुरु भएको छ। बैठक सुरु भए लगत्तै पार्टी एकतापछि तयार गरिएको पार्टी नियमावलीमाथि छलफल सुरु भएको हो।

अहिले केन्द्रीय सयद्स्यहरुले नियमावलीबारे आफ्ना धराणा राख्दैछन्। अब पारित हुने नियमावलीले पार्टीको सङ्घीय परिषद, केन्द्रीय समिति, प्रदेश समितहरु, पहिचानमा आधारित राष्टृय समितिहरु, गैरभौगोलिक र शिल्पी विशेष प्रदेश समिति, प्रवास समितिहरु, विभिन्न विभागहरु, जनवर्गीय सङ्गठनहरु, पेशागत महासंघहरुको काम कार्यवाहीलाई नियमन गर्नेछ।

त्यस्तै महाधिवेश र विभिन्न तहका अधिवेशनहरुमा प्रतिनिधि व्यवस्थित गर्ने लगायत विषय नियमावलीमा समावेश छ। आजसम्म चल्ने बैठकबाट छलफलसहित नियमावली पारित गर्बे र समसामयिक राजनीतिक विषयहरुमा निर्णय हुने पार्टी स्रोतले जनाएको छ।

शुक्रबार पार्टीको सात वटा प्रदेश, गैरभौगोलिक विशेष प्रदेश र शिल्पी प्रदेश समितिको सांगठनिक गतिविधि बारे रिपोर्टिङ र छलफल भएको थियो ।