प्रधानमन्त्रीलाई गरियो डायलासिस, आजै निवास फर्कंने

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार डायलासिस गरिएको छ। ग्राण्डी इन्टरनेशनल अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको हेमोडायलासिस सम्पन्न भएको हो।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाह, युरोलाजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति निकालेर शनिबार प्रधानमन्त्री ओलीको पुन: हेमोडायलासिस गरिएको उल्लेख गरेका छन्।

‘हाल उहाँ (प्रधानमन्त्रीको) स्वास्थ्य अवस्था राम्रो रहेको छ। प्रधानमन्त्री शनिबार नै निवास फर्किनुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ। यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो।