गुन्डा नाइके ‘बाघे’ धरौटीमा रिहा भएलगत्तै पुन : पक्राउ
प्रकासित मिति : २०७६ कार्तिक २९, शुक्रबार २२:०५
प्रकासित समय : २२:०५
काठमाडौं, जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा (बाघे) सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । जसमा बाघेसँग पाँच लाख र अन्य २२ जनासँग कूल २१ लाख धरौटि माग गरेको थियो ।
२३ जना धरौटि बुझाए लगत्तै उनीहरु पुन : पक्राउ परेका छन् । शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि उनीहरुविरुद्ध अनुसन्धान गर्ने भएकाले प्रहरीले पुनः उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
बालुवा बिक्रीमा ठगी अभियोगमा यही कात्तिक १ गते बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको थियो ।