खजुरा रोडमा टायर दन्कायर तरुण दलको बन्दः यस्तो देखिन्थ्यो तमासा
प्रकासित मिति : २०७६ कार्तिक २९, शुक्रबार ११:२८
प्रकासित समय : ११:२८
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि खजुरमा समेत प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि बर्दिया गुलरिया राेड खजुरामा देखिएको हो ।
बन्दले बिहानैदेखि जनजिवन प्रभावित पारेकाे छ । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण संस्थाहरु बन्द छन् । बिहानै कलेज हिडेका विद्यार्थीहरु घर फर्किएका छन् । सडकमा केही मात्रामा मोटरसाइकल चलेपनी अन्य यातायातका साधन भने चल्न सकेका छैनन् ।
तरूण दलका केही नगरस्तरीय नेता मानिने ठेकेदार र कार्यकर्तालाई हतियारसहित पक्राउ गरेकाे बिराेधमा तरूण दलले बन्द गरेकाे हाे । नेपालगन्ज नगर सभापतिका रूपमा जिम्मेवारी पाएका ठेकेदार सन्दीपजङ्ग शाहसहितका ६ जनालाई कोहलपुर प्रहरीले गनापुरबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको थियाे ।