राष्ट्रिय युवासंगठन जाजरकोटको नेतृत्व डिएन शाहीको पोल्टामा
जाजरकाेट, सत्तारुढ नेकपाको युवा संगठन राष्ट्रिय युवा संगठन जाजरकोटको नेतृत्व युवा नेता दिपेन्द्र शाहीको पोल्टामा परेको छ । संघको केन्द्रीय समितिको बैठकले जाजरकोटको नेतृत्वमा दिपेन्द्र शाही उर्फ डिएन शाहीलाई संयोजकमा छनोट गरेको हो ।

युवा संगठनको सहसंयोजकमा युवा नेता भीम जिसी छनोट भएका छन्। सयोजक शाही पुर्व एमालेको तत्कालीन युवा युवा संघ नेपालको अध्यक्ष हुन भने सह संयोजक जसी पुर्व माओवादीको युवा संगठन वाइसीएलका जाजरकोट अध्यक्ष हुन ।
संयोजक शाहीले युवाहरुको कार्यभार समाहल्न आफु निरन्तर फिल्डमा खटने बताए । शाहीले भने बाँकी संगठनको काम साथीहरुको भावनाअनुरुप हुने बताए ।
उनले भने तत्काल जिल्लामा भेला गराएर संगठनलाई ब्यवस्थीत गरिन्छ र जनतामाझ लगिन्छ । कुसेन्युजसंगको कुराकानीमा संयोजक शाहीले भने पार्टी एकिकरणको सकरात्मक सन्देश र सरकारकाे राम्राे काम जनतासामु पुर्याउन आफु र आफनो संगठन जनता सामु पुग्ने बताए । उनले तत्कालै स्थानिय निकायकाे नेतृत्व पनि टुंग्याउने जानकारी दिए ।
आखिर को हुन त शाही ?
२०४४ साल कातिक १४ गते भेरी नगरपालिका वडा नं ७ मा जन्मिएका दिपेन्द्र शाही सानै देखि युवासंघको राजनितिमा लागेका हुन । उप नाम डिएन शाहीले परिचित शाही युवासंघको इकाइृ सदस्य हुदै युवासंघको सातौँ जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए । प्रखर युवा नेताका रुपमा छबि बनाएका शाहीलाइ नजिकबाट चिन्नेहरू खराे नेताका रूपमा चिन्दछन ।

