‘विप्लव’ नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ
प्रकासित मिति : २०७६ कार्तिक २९, शुक्रबार ०८:३५
प्रकासित समय : ०८:३५
कोहलपुर । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज प्रेम प्रकास ओली धमिल पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती प्रेम प्रकास ओली धमिललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनीलाई नियन्त्रणमा लिएको थियो । सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेता कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ ।
कोहलपुर प्रहरी स्रोतका अनुसार जिल्ला इन्चार्ज ओलीलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।