जब ट्राफिक नियम नमान्नेलाई प्रहरीले खादा ओढायो…..

काठमाडौं, तपाईं हामीले ट्राफिक नियम पालना गरेनौं भने ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक आफूले लिएर एउटा चिट थमाइदिन्छ। आफ्ना कागजात फिर्ता लिनुअघि ट्राफिक प्रहरीको कक्षा लिनुपर्छ।

तर शुक्रबार गोरखामा भने ट्राफिक नियम मिच्नेले यी सबै ब्यहोर्नु परेन। आबुखैरेनी(गोरखा सडकको १२ किलो बजारमा बरू ट्राफिक प्रहरीले ट्राफिक नियम नमान्नेलाई पुष्पगुच्छा दिए, खादा ओढाए।

ट्राफिक नियम पालना गराउन गोरखा प्रहरीले नयाँ अभियान थालेको हो। गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार ट्राफिक नियम मान्ने प्रहरीका लागि होइन बरू आफ्नो सुरक्षाका लागि हो भन्ने सन्देश दिन फूल दिन र माला ओढाउन थालिएको हो।

‘ट्राफिक नियम मान्ने प्रहरीका लागि होइन आफ्नो सुरक्षाका लागि हो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न यस्तो गरेका हौं,’ एसपी अधिकारीले भने,‘आज फूल दियौं। भोलिदेखि खादामात्र ओढाउँछौं तर केही दिनपछि पनि ट्राफिक नियम नमान्नेलाई कारबाही गर्छौं।’