छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस
प्रकासित मिति : २०७६ कार्तिक २७, बुधबार १३:१८
प्रकासित समय : १३:१८
इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस
गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस ।
मेरो पनी त एउटा अन्तिम सपना बाकि छ
छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस ।
यदि हाम्रो तातो रगत उम्लिएकै हो भने
कलापानि बचाउने चाहानामा प्रयोग होस ।
बिदेशमा खर्चिएर बचेको त्यो उर्जा जति
फर्किएर आफ्नै घरको दलानामा प्रयोग होस ।