नेपालगन्जमा पेस्तोलसहित रिक्सा चालक पक्राउ
प्रकासित मिति : २०७६ कार्तिक २७, बुधबार १२:३२
प्रकासित समय : १२:३२
नेपालगन्ज, बाँकेको नेपालगन्जमा फेरी एक जना पेस्तोल सहित पक्राउ परेका छन् ।नेपालगन्जको गणेशपुरस्थित अटो रिक्सामा लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका वडा नं. ४ का मेराज अलि सयादलाई प्रहरीले पक्राउ गरकाे हाे ।
मेराजले चलाउँदै गरेको भे १ स ८३२६ नं. को रिक्सामा कटुवा पेस्तोलसहित मेराजलाई जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले पक्राउ गरेको हो । ३२ वर्षीय मेराजको रिक्सामा भेटिएको कटुवा पेस्तोलबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।