कोहलपुरको बिच बजारमा शक्तिशाली बिस्फोट,एक जना गम्भिर घाईते

कोहलपुर, बाँके कोहलपुरको बिच बजारमा पर्ने एउटा घरमा संकास्पद बस्तु बिस्फाेट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ को बिच बजारको गोलपार्क नजिकैको स्थानिय चुडामणी शर्माको घरमा उक्त संकास्पद बस्तु बिस्फाेट भएको हो ।

मंगलबार साझ करिब ३:१० बजे तिरको समयमा बिस्फाेट हुदा घर पुर्णरुपमा क्षेति भएको छ भने घरधनि शर्मा गम्भिर गम्भिर रुपमा घाइते भएका छन् ।

घटना लगत्तै घाईतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइए पनि उपचार हुन नसकेपछी थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ ।

घरमा के बिस्पट भयो भन्नेबारे अझै खुल्न नसके पनि खाना पकाउने ग्यास लिक भएर पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ग्यासनेै पड्केको भन्ने एकिन तथ्य भने फेेेेला पर्न सकेको छैन । घटना संकासपद भएकोले थप अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ ।