बाँकेमा नरसंहारकारी बाघँको दोस्रो आक्रमण, एक जनाको मृत्यु

कोहलपुर, बांकेमा बाँघले दोस्रो पटक आक्रमण गर्दा फेरी एक जना महिलाको ज्यान भएको छ ।मंगलबार बिहान ९:०० बजेको समयमा राप्ती सोनारी गाँउपालिका वडां नं. ८ स्थित शिबशक्ति सामुदायिक वनको जंगलमा घाँस काट्न गएकी ६० वर्षिय ठगी खड्काको बाघले आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो ।

पछिल्लो ३५ घण्टामा बाँकेमा नरसंहारकारी बाँघको आक्रमणबाट दुई जनाको ज्यान गैसकेको छ । पहिलो घटना सेलाउन नपाउँदै आज मंगलबार पुन: बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको हो ।

गत आईतबार कोहलपुर नगरपालिका वडां नं. १३ बस्ने ७५ बर्षिय काली बस्नेतको ज्यान गएको थियो । बाघको पटक-पटक आक्रमण संगै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षत्रका जनतामा शुरक्षा चुनौति बढेको छ । यसवाट स्थानीय जनता त्रसित छन ।