मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ

नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरकी कल्पना राई रहेको प्रहरीले जनाएको छ । उनिसंगै विदेश जानलागेका दुई महिलाको परिचय भने खुलाइएको छैन ।

भारतिय सिमा नाकामा प्रहरी र एसएसबीको संयुक्त सुरक्षा जाँचका क्रममा उनिहरुमाथी संका लागेर सोधपुछ गर्ने क्रममा उनीहरुको जवाफ चित्त नबुझेपछि पक्राउ गरिएको हो ।

उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।