विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ
प्रकासित मिति : २०७६ कार्तिक २२, शुक्रबार २१:५५
प्रकासित समय : २१:५५
काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।
त्यस्तै गरी उनि संगै पक्राउ पर्नेहरुमा डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।