किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?
प्रकासित मिति : २०७६ कार्तिक २२, शुक्रबार १९:३४
प्रकासित समय : १९:३४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।
भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् ।
शनिबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विज्ञ र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

