चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध

ऐजेन्सी, चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् ।

चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई हप्ताको अन्य दिनमा ९० मिनेट र सप्ताहन्त वा छुट्टीमा तीन घण्टासम्म मात्र गेम खेल्न अनुमती दिइनेछ ।

भिडियो गेमको लतमाथि अंकुश लगाउनका लागि चीनले यो कदम उठाएको हो । अधिकारीका अनुसार यो लत बच्चाको स्वास्थ्यका लागि हानिकारक छ ।

चीन संसारको सबैभन्दा ठूलो गेम बजारमध्येको एक हो । सरकारको तर्फबाट मंगलबार जारी गरिएको आधिकारिक निर्देशनमा अनलाईन गेममा किशोरकिशोरीद्वारा खर्च गरिने राशिलाई पनि सिमित गरिएको छ ।

८ देखि १६ वर्ष उमेर भएकाहरुले गेम खेल्नका लागि प्रति महिना २०० युआन ९२९ डलर० खर्च गर्न सक्छन् जबकि १६ देखि १८ वर्ष भएकाहरुले आफ्नो गेमिङ खातामा चार सय युआनसम्म खर्च गर्न सक्छन् ।

पहिला पनि प्रतिबिन्ध लागिसक्योः

चीन संसारको सबैभन्दा ठूलो गेमिङ बजार हो । रिसर्च फर्म न्यूजका अनुसार यो वर्ष पहिलो पटक यो उद्योगमा अमेरिकाको कमाईले चीनको कमाईलाई पछि पारेको छ ।

भिडियो गेममा किशोर किशोरीमाथि पर्ने नकारात्मक असरबारे चीन लगातार आलोचना गर्दै आएको छ ।

यसअघि सन् २०१८ मा पनि अनलाईन गेमको संख्यालाई सिमित राख्नका लागि चिनियाँ सरकारले गेमिङ नियामक गठन गरेको घोषणा गरेको थियो । त्यसै वर्ष चीनले नयाँ भिडियो गेमको अनुमतीमाथि पनि रोक लगाएको थियो जुन ९ महिनासम्म चलेको थियो । यसलाई भिडियो गेमको ठूलो उद्योगका लागि झट्काको रुपमा लिइएको थियो ।

केही ठूलो भिडियो गेम कम्पनीले सरकारको प्रतिबन्ध वा नियममाथि सक्रियता देखाएका छन् तर यी प्रतिबन्ध लागू गर्न र उमेर थाहा पाउनु एक चुनौतीपूर्ण काम हो ।

एउटा ठूलो गेमिङ कम्पनी टेन्सेन्टले पनि आलोचनाको सामना गर्नुपरेको थियो जब उसले १२ वर्षभन्दा कम उमेरका बच्चाका लागि गेम खेल्ने समय एक घण्टा र १२ देखि १८ वर्षका बच्चाका लागि दुई घण्टासम्म सिमित गरेको थियो । तर नयाँ नियम चीनमा सबै अनलाईन गेमिङ प्लेटफर्ममा लागू हुनेछ ।