भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको भन्दै बिप्लवको कडा बिरोध

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको भन्दै गम्भिर आपत्ति जनाएको छ । नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गरि भारतको उक्त कदम बिराेध जनाएका हुन  ।

बिप्लवद्वारा जारी बिज्ञप्तीमा भनिएकाे छ । ‘यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालमाथिको हमला हो । नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो भारतको अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ ।’

महासचिव विप्लवले भारतले तत्काल उक्त साम्राज्यवादी नक्सा खारेज गर्न चेतावनीसमेत दिएका छन् । साथै संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम घोषणा गरिएको छ । 

यस्ताे छ विज्ञप्ति