नेपालगञ्जमा एक युवकको शवं फेला

नेपालगञ्ज ,बाँकेको नेपालगञ्ज नजिकै एक पुरुषको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालयदेखि १५ सय मिटर टाढा सडक छेउ शवं फेला परेको हो ।

नेपालगञ्ज गुलरिया सडक खण्डमा पर्ने जानकी गाउँपालिका ३ को खजुरा रोडमा सुर्खेतका सत्येन्द्र बिसिको शवं फेला परेको बाँके प्रहरीले जनाएको छ ।

उनको हत्या वा दुर्घटनाको कारणले मृत्यु भएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।

अहिले शवंलाई प्रहरीले पोस्टमार्टमको लागि भेरी अस्पताल पठाएको छ ।