नेपाली भू–भाग हडप्दै भारत,चुपचाप नेपाल सरकार !
काठमाडौं,भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेसंगै विवाद सतहमा आएको हाे ।

रातो घेरामा रहेकाे नेपाली भू–भाग भारतद्वारा हडपिएको भू-भाग हाे ।
भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत सरकारले जम्मु-कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको थियो । पहिला अलग प्रदेशका रूपमा रहेका जम्मु-कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि भारतले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।
आइतवार सार्वजनिक भएको नक्सामा नेपालले आफ्नो भनी दाबी गरिरहेका भू–भागलाई आफ्नो नक्सामा समेटेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो देशभित्र राखेर नक्सा सार्वजनिक गरेको हो ।
भारतले जम्मू–कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज गर्दै केन्द्र शासित दुई प्रान्तमा विभाजन गर्ने निर्णय औपचारिक रुपमा लागु गर्दै आइतबार देशको नयाँ नक्सा जारी गरेको थियो।
जारी गरेको नक्सामा नेपालकाे भू-भाग लिपुलेकसहितको कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा पारेको देखिएपछि नेपालमा हल्लिखल्लि मच्चिएको छ। नापी विभागले यसबारे अध्ययन भइरहेको जनाए पनि सार्वजनिक रुपमा केही उल्लेख गरेका छैन।
सुगौली सन्धि हुँदा महाकाली नदिको मुख्य मुहान लिम्पिया धुरासम्म नेपालको भूभाग विस्तारै भारतीय हस्तक्षेपले लिपुलेकसम्म नेपाली सीमा सीमित हुन पुगेको छ।
२०१५ सालको चुनावमा लिपुलेकका बासिन्दाले नेपाली नागरिकको हैसियतमा मतदान गरे पनि उक्त भुभागलाई आफ्नो दाबी गर्दै आएको भारतले अहिले औपचारिक रुपमै नक्साभित्र पारेको छ ।
सामाजिक सञ्जालमा भारतको ब्यापक आलोचना हुन थालेको छ । तर नेपाल सरकारले भने आधीकारी धारण सार्वजानिक गरेको छैना । बिज्ञहरु नेपालका भू-भाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले त्यसलाई सच्याउन तुरुन्तै नयाँ कदम चाल्नुपर्ने बताउछन ।