यसकारण अध्यक्ष थापा कोहलपुर आउदै

बाँके, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कार्तिक २० गते कोहलपुर आउने भएका छन् ।उपनिर्बाचन अन्तर्गत बांकेको कोहलपुर नगरपालिका वडा. नं. ६ अन्तर्गत बुद्ध चोकमा हुन लागेको चुनाबि सभालाई सम्बोधन गर्न थापा कोहलपुर आउन लागेको उक्त पार्टीका नेता तथा वडा अध्यक्षका उमेदवार समेत रहेका श्रीधर सुवेदीले कुशे न्युजलाई जानकारी दिए ।

कार्यक्रममा थापा संगै केन्द्रिय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रिय महांमन्त्री डा. धवल शम्शेर राणा लगायत केन्द्रीय नेताहरु कोहलपुर आउने समेत बताईएको छ ।

मंगलबार पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्ड कोहलपुर पुगेर फर्किएका छन् ।

मंशिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानिय निकायको उपनिर्वाचन हुदैछ । यसैको लागी नेताहरु चुनाबी प्रचार-प्रसार तथा देश दौडाहमा छन् ।