बाँके र बर्दीयालाई कर्णालीमा गाभ्नुको बिकल्प छैन – अध्यक्ष बैश्य
नेपालगन्ज,बाँके,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने बताएका छन । आज नेपालगन्ज उद्योगबाणिज्य संघको सभाहलमा अध्यक्ष प्रचन्ड बिशेष भेटघाट आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले पायक पर्ने ठाउँमा प्रदेश राजधानी हुनुपर्ने जिकिर गरे ।

उनले कुनै पनि हालतमा बुटवल प्रदेश राजधानी स्वीकार्य नहुने भन्दै बरु बाँके र बर्दियालाई ६ नं प्रदेशमा गाभ्नु पर्ने बताए । प्रचण्डलाई ७ बुदे ज्ञापन पत्र बुझाउदै अध्यक्ष बस्नेतले केन्द्रले नेपालगन्जबासीको मर्म बुझछ भने कर्णाली प्रदेशमा गाभ्नुको बिकल्प नरहेको जिकिर गरे । उनले भने नेपालगन्ज मुलुकको महत्वपुर्ण शहर भएको भन्दै यसको पहिचान गुम्ने खतरा रहेको बताए ।
उनले नेपालगन्ज बिमानस्थललाई अन्ताराष्टिय बिमानस्थल बनाउनु पर्ने ,भन्सारलाई ब्यवस्थीत गर्नुपर्ने उनको भनाई थियो । बाँके शुशिल कोइराला पछि अभिभावक बिहिन भएको भन्दै यसले आफनो बिरासत गुमाउने डर भएको बताए । उनले २४ जिल्लाको अभिभावक जिल्ला अहिले आफनै पहिचान गुमाउने अबस्थामा पुगेको

