प्रचण्डका अगाडि नेपालगञ्जका मेयरको चेतावनी,बाँके र बर्दीयालाई कर्णालीमा गाभीयोस

नेपालगञ्ज,बाँके उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले बाँके बर्दीयालाई कर्णाली प्रदेशमा नगाभे कडा आन्दोलन गर्ने बताएका छन । नेपालगन्ज नेकपाद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै मेयर राणाले बाँके र बर्दीयालाई अनुकुल कर्णाली प्रदेश हुने भन्दै त्यसमा नगाभे कडा आन्दोलन हुने बताएका हुन ।

मेयर राणाले प्रतिकुलताको बिचमा नेपालगन्जको पहिचान गुम्ने खतरा रहेको इंगित गरे ।  उनले कुनैपनि हातलमा बुटवललाई प्रदेशकाे राजधानी स्वीकार्य नहुने बताए ।

बरु दाङ सोचनिय हुनसक्छ तर बुटवल अनुकुल नभएको भन्दै निसर्त कर्णालीमा गाभ्नु पर्ने बताए । यदि समयमै घोषणा नभए सडक आन्दोलनको आँधीबेहरी र्सिजना हुने दावी गरे । उनले प्रचन्डलाइ इंगित गर्दै भने मुलकु हाक्ने नेता यहाँ पुग्नु भएकाे छ मैले जनताकाे भनाइ जस्ताकाे तस्तै  पुर्याइदिएकाे छु । 

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचन्ड लगायतका उच्च तहका नेताहरू उपस्थित थिए ।